Showing posts with label News. Show all posts
Showing posts with label News. Show all posts

प्रीतिको संघर्ष



प्रीति पौडेल नेपाली मोडलिङ क्षेत्रमा नयाँ नाम हो । पूर्वको सुन्दर सहर इटहरीबाट मोडलिङ गर्ने उद्देश्यले राजधानी आएकी प्रीति यो क्षेत्रमा संघर्षरत भएको बताउँछिन् । ग्ल्यामरक्षेत्रमा प्रवेश गरेर नाम कमाउने उद्देश्य लिएकी प्रीति सुपर मोडल बन्न चाहन्छिन् । केही फेसन शोमा क्याटवाक गरिसकेकी प्रीति राम्रो मोडल बन्नका लागि आफ्नो शरीरिक बनावटमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् । 'राम्रो शरीर भए मात्र 
Read More



राम्रो मोडल बन्न सकिने रहेछ,' उनले सिकेको कुरा यही हो । यसबाहेक मोडलमा हुनुपर्ने थप दुई गुण सकारात्मक सोच तथा आत्मविश्वास आफूमा भएको उनी बताउँछिन् । पोखराबाट सञ्चालित ठिकठाक डटकमका लागि पहिलो पटक फोटोसेसन गर्दा प्रीति जति लजाएकी थिइन्, दोस्रो सेसनसम्म आइपुग्दा उनले आफूलाई सफल मोडलका रूपमा स्थापित गरिसकेकी थिइन् । उनका पछिल्ला तस्बिरहरू ठिकठाक डटकममा हेर्न सकिन्छ ।

गायन समाजमा फेरि रामकृष्ण




गायक रामकृष्ण ढकालको अध्यक्षतामा नेपाल गायन समाजको कार्यसमिति गठन भएको छ ।
समाजको शुक्रबारको पहिलो साधारणसभाले ढकालको अध्यक्षतामा ११ सदस्यीय समिति चयन गरेको हो । गायन समाजमा विधागत रूपमा शास्त्रीयमा शिव परियार र भानुभक्त ढकाल, लोकमा तुलसी पराजुली, रामचन्द्र काफ्ले, इन्दिरा गुरुङ तथा आधुनिक/पपमा लोचन भट्टराई, स्वरूपराज आचार्य, रिमा गुरुङ, रेश्मा सुनुवार र राई नवीन निर्वाचित भएका हुन् । आधुनिक/पपबाहेकका अन्य विधामा सदस्यहरू निर्विरोध निर्वाचित भएका थिए ।
Read more...

एक वर्षअघि समाजको स्थापना भएपछि गायक ढकालकै अध्यक्षतामा १७ सदस्यीय तदर्थ समिति बनेको थियो । शुक्रबार पुनः अध्यक्षमा निर्विरोध निर्वाचित भइसकेपछि गायक ढकालले गीत/संगीतको पाइरेसी नियन्त्रणको अभियानलाई निरन्तरता दिने बताए । 'सिमकार्ड, आइपोडदेखि पेनड्राइभमा हुने गीत/संगीतको अनधिकृत डाउनलोडलाई निरुत्साहित पारिनेछ,' उनले भने, 'समाजको मुख्य काम रोयल्टी संकलनतिर पनि उत्तिकै ध्यान दिइनेछ ।'
साधारणसभामा गीतकार यादव खरेल, संगीतकार शम्भुजित बाँस्कोटा, गायिका कोमल वली, संगीत रोयल्टी संकलन समाजका अध्यक्ष श्रीपुरुष ढकाललगायतले गीत/संंगीतको रक्षार्थ संलग्न सबै कलाकारहरू एकजुट हुनुपर्नेमा जोड दिए । श्रीपुरुषले भर्खरै मात्र रेडियो नेपालसँग वाषिर्क विज्ञापन रकमको एक प्रतिशत समाजलाई दिइने सहमति भएको र छिट्टै नेपाल टेलिभिजनसँग पनि हुने जानकारी दिए । गायक ढकालले सरकारी सञ्चारमाध्यमले रोयल्टी दिन थालेपछि निजी क्षेत्रले समेत दिने विश्वास व्यक्त गरे ।

जर्मन खेलाडी समलिंगीः बालाक


बर्लिन/ फिफा विश्वकप फुटबलमा तेस्रो स्थान प्राप्त गरेको जर्मनीका पूर्वकप्तान माइकल बालाकले बुधबार सनसनीपूर्ण भनाइ सार्वजनिक गरेका छन् । विश्वकप खेल्न नपाएको रिसमा बालाकले बर्लिनबाट प्रकाशित हुने डेर स्पेगलसँग कुराकानी गर्दै भने, 'जर्मनका सबै खेलाडी समलिंगी हुन् ।' इन्जुरीका कारण बालाक दक्षिण अपि|mकामा सम्पन्न विश्वकपमा खेल्न सकेका थिएनन् । टोलीका प्रशिक्षक जोकिम जोको नजरमा बालाक अनफिट खेलाडी थिए । एक खेल पनि नखेल्दै उनी घर फर्के ।

पूर्वकप्तान तथा चेल्सीका मिडफिल्डर बालाक आफूले प्रमाणका साथ दाबी गरेको बताउँछन् । 'वर्तमान टोलीमा धेरै खेलाडी समलिंगी भएको मसँग प्रमाण छ ।' बालाकले डेर स्पेगलसँग अन्तर्वार्तामा भने । एक दशकभन्दा लामो राष्ट्रिय टोलीसँग साँठगाँठ राखेका बालाकले अनुभवका क्रममा सो कुरा पत्ता लागेको बताए ।

बालाकको आपत्तिजनक तथा सनसनी कुरालाई जर्मनीको विभिन्न राष्ट्रिक दैनिकले बुधबार आफ्नो संस्करणमा स्थान दिएको छ । तर, जर्मनी फुटबल संघले बालाकको कुरा मान्न तयार छैन । यसबारे संघले कुनै पनि प्रतिक्रिया सार्वजनिक गरेको छैन । जर्मनी संघका अनुसार, छिट्टै एक अनुसन्धान कमिटी बन्नेछ । सो कमिटीले बालाकसँग छानबिन गर्नेछ । यदि, बालाकले नियतवश आफ्नै साथीमाथि लगाइएको लाञ्छना गलत भएमा उनी आजीवन प्रतिबन्धित हुनेछन् ।

Read More........


यसैगरी, फुटबलसँग सम्बन्ध रहेको व्यक्तिले समेत बालाकको आलोचना गरेका छन् । बालाकको पूर्वक्लब वायन लेभकुसेनका प्रवक्ताले बालाकको दाबी झुटो भएको मान्छन् । 'उनको अभिव्यक्ति डरलाग्दो छ । यसले टोलीमा निकै खलबल मच्चाएको छ । क्लबमा हुँदा बालाकले कहिले पनि यस्तो कुरा गरेन्,' लेभरकुसेनका प्रवक्ताले भने ।

यसैगरी, बि्रटिसको समाचारपत्र द गार्डिएनले पनि बालाकको उक्त भनाइ प्राथमिकतासाथ पछिल्लो अंकमा प्रकाशित गरेको छ । बालाकले गार्डिएनसँग भने, 'एकपटक मैले खेलाडीको नाम सार्वजनिक गर्ने विचार गरेको थिएँ । पछि समस्या आउने भएकाले मैले नाम पत्रिकामा नखुलाएको हो ।'

उनका अनुसार, समलिंगी खेलाडीकै कारण जर्मनी विश्वकपमा तेस्रो भएको हो । 'जर्मनी स्पिड र आक्रामक भएर खेल्छ । यसपटक विश्वकपमा यस्तो देख्न पाइएन । किनकि समलिंगी खेलाडी मैदानमा त्यति भाग्न सक्दैनन् । अल्छीलाग्दो शैलीमा रक्षापंक्तिमा प्रतिस्पर्धा गरे,' बालाकले भने । जर्मन खेलाडी समलिंगी भएको दाबी गरे पनि बालाकले कसैको सार्वजनिक गरेका छैनन् ।

गोल्डेनगेट च्याम्पियन

काठमाडौं/ गोल्डेनगेट उपत्यकाव्यापी पुरुष खुला बास्केटबलको च्याम्पियन बनेको छ । प्रतियोगिताको बुधबार सम्पन्न खेलमा गोल्डेनगेटले ह्वाइटहाउसलाई ७९-५० ले हराउँदै उपाधि हात पारेको हो । ह्वाइटहाउस पहिलो क्वाटरमा उत्कृष्ट प्रदर्शन गर्दै १६-१२ ले अगाडि बढेको थियो । सो प्रदर्शन निरन्तरता राख्न नसक्दा ह्वाइटहाउस गोल्डेनगेटबाट २४-१३, १७-७ र २६-१४ ले पछि पर्‍यो ।

मदन भण्डारी स्पोर्टस् एकेडेमी, ललितपुरद्वारा आयोजित प्रतियोतिगामा गोल्डेनगेटका जोयल मोस्ट भेलुएवल प्लेयर चुनिए ।

जुडोको खेलाडी छनोट

काठमाडौं/ चीनको ग्वाङ्जोमा हुने १६औँ एसियाली खेलकुदका लागि नेपाल जुडो संघले १० खेलाडी प्रारम्भिक छनोट गरेको छ । जुडो प्रशिक्षणकेन्द्रमा बुधबार महिला ५२ केजीमुनि सुशीला अधिकारी, राधादेवी राई तथा लक्ष्मी तामाङ छनोट भए । महिला ६३ केजीमुनि देबु थापा, चोनु गुरुङ र रञ्जु राई छनोट भएका छन् । एघारौँ दक्षिण एसियाली खेलकुद प्रतियोगितामा देबुले कास्यपदक जितेकी थिइन् । पुरुषको ७३ केजीमुनिमा दीपककृष्ण श्रेष्ठ, राजबहादुर चन्द तथा कर्णबहादुर बोहरा छानिएका छन् । पुरुषको सय केजीमाथि राजन जोशी चयन भए ।

"भानुभक्त तुलसीदासजत्तिकै"

काठमाडौ, अषाढ ३१ - नेपालगन्जवासी सच्चिदानन्द चौबे २०१८ मा पहिलोपटक काठमाडौं आएका थिए । उनी आएको दिन नयाँ सडकभित्रको रञ्जना सिनेमा हलको उद्घाटन रहेछ ।

'आज रञ्जना हल भत्किसकेको अवस्थामा काठमाडौं आएको छु,' त्यही हलसँगैको मारवाडी गेस्ट हाउसमा बुधबार दिउँसो भेटिएका अवधी भाषाका अगुवा स्रष्टा चौबे भन्दै थिए, '५० वर्षको अन्तरमा यो काठमाडौं नचिनिने भएछ ।' अवधी, हिन्दी र नेपाली भाषामा उत्तिकै सक्रियतासाथ लेखन निरन्तरता राख्ने चौबे यसपल्ट क्षेत्रीय प्रतिभा पुरस्कार थाप्न राजधानी आएका हुन् । -उनी २०१८ सालमा भने भेरी अञ्चलबाट भलिबल टिमको नेतृत्व गरेर खेलाडीका रूपमा आएका रहेछन् ।)
Read More...


चौबेले अवधी भाषामा अनुवाद गरेको नयनराज पाण्डेको 'उलार' उपन्यास, अवधी भाषामा भगवान् बुद्धको जीवनचरित्र, कजरी तीज, सत्यनारायण कथा र बृहस्पद कथा अवधी भेगका बजारमा पाउन सकिन्छ । 'मैले २७ सय दोहा रहेको भानुभक्तको रामायण अवधीमा अनुवाद गरिसकेको छु,' उनी भन्दै थिए, 'अहिले प्रकाशकको खोजीमा छु ।'

उनले अवधी समाजमा नेपाली भाषाका प्रतिभा महाकवि देवकोटा, युवाकवि मोतीराम र आदिकवि भानुभक्तलाई चिनाउन उनीहरूको कवितात्मक जीवनचरित्र प्रकाशित गरिसकेको जानकारी दिए ।

बर्दिया, बाँके र कपिलवस्तुमा गरेर १५ लाखजति अवधीभाषी रहे पनि भाषिक कठिनाइका कारण उनीहरूले नेपाली भानुभक्तको भन्दा भारतीय तुलसीदासको 'रामचरित मानस' पढ्ने गरेको रहस्य चौबेले पहिल्याएका रहेछन् । 'यही कारण मैले हाम्रा भानुभक्तको रामायणलाई अवधी भाषामा ल्याउन चाहेको हुँ,' नेपालगन्जस्थित अवधी सांस्कृतिक विकास परिषद्का अध्यक्षसमेत रहेका चौबेले भने, 'हामीले अरूलाई भन्न सक्नुपर्छ कि तुलसीदासभन्दा कम हाम्रा भानुभक्त छैनन् ।' २०१३ देखि लगातार ४२ वर्ष स्थानीय नारायण इन्टरकलेजमा शिक्षक रहेका चौबे महेन्द्र पुस्तकालयमा पनि २०३८ देखि सम्बद्ध छन् । आफ्ना विद्यार्थीमध्ये नयनराज पाण्डे, सनत रेग्मी -सदस्यसचिव, प्रज्ञा प्रतिष्ठान) आज 'साहित्यिक उचाइ' को नाम बनेकामा चौबे प्रफुल्लित देखिन्थे ।

उनले रामायणबाहेक गीता र केही धार्मिक ग्रन्थलाई पनि अवधी भाषामा उतारेका छन् । 'कुनै उपन्यास वा कविता कृति केही वर्षका लागि उपयोगी होलान्, तर रामायण, महाभारत भनेका सदाबहार सृजना हुन्,' उनले थपे, 'यही कारण मैले धार्मिक ग्रन्थ अनुवादमा बढी मन दिएको हुँ ।'

यो गफगाफ भइरहेका बेला चौबेका एक चेला उपन्यासकार पाण्डे पनि साथैमा थिए । 'अवधी भाषा, साहित्यमा चौबेजत्तिका योग्य गुरु अरू कोही छैनन्,' पाण्डेले भने, 'कुनै प्रचारप्रसार, अवसर र मौका नपाएर उहाँको नाम ओझेलमा परेको हो ।'

सम्मान कि अपमान ?

राष्ट्रिय प्रतिभा र साझा पुरस्कार वितरणको साइत भानुजयन्तीमै परेको थियो । उस्तै विशिष्ट सम्मानका लागि संस्कृति मन्त्रालयले दिने १ लाख र ५० हजार रुपैयाँका राष्ट्रिय र क्षेत्रीय पुरस्कारमा २५ प्रतिशत कर कट्टी गरिएको थियो भने साझा पुरस्कारको ५१ हजार एक पैसा नकाटी स्रष्टाले पाएका थिए ।

'५० हजारको क्षेत्रीय पुरस्कार भनियो, तर ३७ हजार ५ सयको चेक पाएँ । भ्रमण खर्च २६ सय दिने भनिएकोमा ६ सय रुपैयाँ मात्रै पाएँ,' साहित्यकार चौबे दुखेसो पोख्दै थिए, 'यत्रो सम्मान लिन आउँदा न एक रात बासको प्रबन्ध गरिएको छ, न एक छाक खानाको सहुलियत छ । यो सम्मान हो कि अपमान ?'

पुरस्कार राशि, भ्रमण खर्च र अन्य सुविधाबारे प्रज्ञा प्रतिष्ठानका सदस्यसचिव सनत रेग्मी र संस्कृति सचिव मोदनाथ डोटेलले समेत 'मौखिक आश्वासन' दिएकाले आफू ढुक्क भएर काठमाडौं आएको उनले बताए । प्रतिभा पुरस्कारमा दिइएको प्रमाणपत्रमा समेत आफ्नो नाम गलत गरेर 'सचितानन्द चौबे' लेखिएकोमा उनले गुनासो गरे ।

राज्यले दिने पुरस्कारमा 'क्षेत्रीय' र 'राष्ट्रिय' भनेर विभाजन गर्नुको कुनै अर्थ नरहेको समेत उनको बुझाइ थियो ।

'सबै लेखक, प्रतिभा बराबर हुन्,' उनले भने, 'राज्य आफैं विभाजनकारी भएर प्रतिभालाई क्षेत्र, समूह, वर्गमा बाँड्नुको अर्थ के हो ?'