प्रीतिको संघर्ष
प्रीति पौडेल नेपाली मोडलिङ क्षेत्रमा नयाँ नाम हो । पूर्वको सुन्दर सहर इटहरीबाट मोडलिङ गर्ने उद्देश्यले राजधानी आएकी प्रीति यो क्षेत्रमा संघर्षरत भएको बताउँछिन् । ग्ल्यामरक्षेत्रमा प्रवेश गरेर नाम कमाउने उद्देश्य लिएकी प्रीति सुपर मोडल बन्न चाहन्छिन् । केही फेसन शोमा क्याटवाक गरिसकेकी प्रीति राम्रो मोडल बन्नका लागि आफ्नो शरीरिक बनावटमा विशेष ध्यान दिनुपर्ने बताउँछिन् । 'राम्रो शरीर भए मात्र
Read More
राम्रो मोडल बन्न सकिने रहेछ,' उनले सिकेको कुरा यही हो । यसबाहेक मोडलमा हुनुपर्ने थप दुई गुण सकारात्मक सोच तथा आत्मविश्वास आफूमा भएको उनी बताउँछिन् । पोखराबाट सञ्चालित ठिकठाक डटकमका लागि पहिलो पटक फोटोसेसन गर्दा प्रीति जति लजाएकी थिइन्, दोस्रो सेसनसम्म आइपुग्दा उनले आफूलाई सफल मोडलका रूपमा स्थापित गरिसकेकी थिइन् । उनका पछिल्ला तस्बिरहरू ठिकठाक डटकममा हेर्न सकिन्छ ।
11:11 AM
|
Labels:
Google,
Kantipur News,
News
|
This entry was posted on 11:11 AM
and is filed under
Google
,
Kantipur News
,
News
.
You can follow any responses to this entry through
the RSS 2.0 feed.
You can leave a response,
or trackback from your own site.
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment